कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

राष्ट्रिय सभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन

बिहीबारबाटै लागु हुनेगरी उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १९ पुस । राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृत तोकेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनका लागि कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद संजेल, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीराम आचार्य, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहीबारबाटै लागु हुनेगरी उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

यसअघि निर्वाचन अधिकृत नियुक्त जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि  विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल न्याय परिषद्को १८ पुसको निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका र बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न नियुक्त भएका निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन पेश गरेकाले उनीहरुको स्थानमा बिहीबार नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार