भाद्र ८, २०८३ सोमबार August 24, 2026

आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष भोलि नेपाल भ्रमणमा आउने

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २२ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा  आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल आउने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष बट्टिमरले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सिंहदरबार स्थित कार्यकक्षमा भेट गर्ने र मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष बट्टिमर सन् २०२२  डिसेम्बर १६ मा आयरल्याण्डको २६औं माथिल्लो सदनको अध्यक्षको रूपमा नियुक्त भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार