असार २४, २०८२ मंगलबार July 8, 2025

सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँच विदेशीलाई अध्यागमनको जिम्मा लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शनिबारको सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई प्रहरीले जिम्मा लगाएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन।

‘प्रहरीले उनिहरुलाई हिजै हाम्रो जिम्मा लगाएको हो। अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ’, महानिर्देशक केसीले भने।

उनीहरु कुन भिसामा आएका हुन्, भिसाको अवस्था के हो लगायत विषयमा अनुसन्धान गरेर आवश्यक कारबाही हुने अध्यागमन विभागले जनाएको छ। त्यसपछि पाँचैजनालाई ‘डिपोर्ट’ गरिने छ।

प्रहरीले माइतिघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ, अमेरिकी, क्यानडियन, नर्वेजियनलगायत पाँचजना विदेशीलाई पक्राउ गरेको थियो।

उनीहरु नेपाली युवाले निकालेको सरकारविरोधी प्रदर्शनमा प्लेकार्डसहित उपस्थित थिए। विदेशी नागरिकलाई यस्ता गतिविधिमा संलग्न हुन प्रतिबन्ध हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार