श्रावण ३, २०८२ शनिबार July 19, 2025

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । ९ साउन २०७६मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

आगामी साउनसम्म कार्यकाल बाँकी रहेका बेला उनले राजीनामा दिएका हुन् । विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उनले राजीनामा दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया