काठमाडौं : सरकारले १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)को सरुवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार उनीहरूको सरुवा गरेको हो।
जसमा अख्तियारमा रहेका चन्द्रकुवेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, केन्द्रीय अनुसन्धान व्युरोमा रहेका यज्ञ विनोद पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, प्रहरी प्रधान कार्यालयमा रहेका विष्णुकुमार केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रधान कार्यालयमै रहेका विकास राज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रहरीको प्रवक्तासमेत रहेका कुवेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर सरुवा गरिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया