कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सन्थाल समुदायको सोरहाय पर्व शुरु

यो पर्वमा  ठुलाबडासँग आर्सीवाद थाप्ने र राम्रो लुगा र मिठो खाएर नाचगान गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सन्थाल समुदायका मुख्य पर्वको रुपमा रहेको सोरहाय पर्व शुरु भएको छ । पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तिमा रौनकता छाएको छ । नेपालीहरूको महान् चाड विजया दशमी जस्तै सन्थाल समुदायले यो पर्व धार्मिक महत्वका साथ मनाउने गर्दछन् । मोरङ, सुनसरी तथा झापा जिल्लामा बसोबास गर्ने सन्थाल समुदायहरूले यो पर्व मनाउँदै आएका छन् ।

यो पर्वमा  ठुलाबडासँग आर्सीवाद थाप्ने र राम्रो लुगा र मिठो खाएर नाचगान गर्ने तथा पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तिमा मेला लाग्ने गर्दछ ।

आफ्नो भेषभुषा र मान्यजनको आशीर्वाद थापेर ६ दिनसम्म मनाइने सोरहायको आफ्नै ऐतिहासिक महत्व रहेको मोरङ जहदा गाउँपालिका–७ का  भगवान् वेस्राले बताउनुभयो ।

सन्थाल समुदायले पर्वको पहिलो दिन भगवानको थानमा गएर महादेव तथा दुर्गा माताको साथै आफ्नो खेतबारीमा पूजा गर्ने  यसैगरी दोस्रो दिन घरको, तेस्रो दिन  लक्ष्मीपूजा र घरमा रहेको गाईको पूजा गर्ने गरिन्छ ।  चौथो दिन जगंल देवताको पूजा गर्ने गर्दछन् । पाँचौँ दिन माछाको पूजा गर्ने र छैटौँ दिन समुदायमा मिलेर  शिकार खेल्ने गर्दछन् ।

यो पर्वको पहिलो दिनलाई उम, दोस्रो दिनलाई दाका तेस्रो दिनलाई खुन्टो, चौथो दिनलाई जाले, पाचौं दिनलाई हाकुकट कम र छैटौँ दिनलाई विरसिन्दरा भन्ने गरिन्छ ।

पर्वमा घरको सरसफाई गर्ने  तथा देउसी भैलो जस्तै यो समुदाय पनि घरघरमा गएर नाचगान गर्ने चलन रहेको छ  । यो पर्वमा आफ्नो भेषभुषामा तिन दिनसम्म नाचगान गर्ने  चलन छ ।  खुम्टो, जाली र हाकाकुटकका दिन सन्थाल समुदायले विभिन्न प्रकारका नृत्यहरू नाचहरू प्रदर्शन गर्ने गर्दछन् ।

सन्थाल समुदायले यो पर्व बाहेक होली सोराय, अदारा जितिया साथै दशै, तिहार  तथा छठ पर्व समेत मनाउने गर्दछन् । सोरहाय पर्वमा विवाह भएका छोरी ज्वाइँ समेत ससुरालीमा आउने र बाहिर काम गर्न गएका परिवार समेत यो पर्व मनाउन आफ्नो घर आउने गर्दछन् ।

मोरङ, सुनसरी तथा झापा जिल्लामा ५७ हजार बढी सन्थाल समुदायको जनसङ्ख्या रहेको छ । त्यसमध्ये जहदा गाउँपालिकामा सन्थाल समुदायको जनसङ्ख्या सात हजार बढी रहेको स्थानीय भगवान् वेस्राले बताउनुभयो । पर्वको अवसरमा  सो पालिकाले एक दिन सार्वजनिक  बिदा दिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
२०८३ कार्तिक २९, आइतबार