कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, २९ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिनुभएको छ ।

उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गर्नुभएको हो । राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गर्नुभएको थियो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । त्यस्तै, ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका छन् । बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायत नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।

सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।

खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ ।

छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । त्यसका लागि तराई-मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार