कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठ सहित)

एनसेल छानविन समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५ गतेसम्म थप गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री दैविप्रकोप सहायता कोषबाट २ अर्ब रुपैयाँ विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री शर्माले सो रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा गर्न भरतपुर महानगरपालिकालाई सहमति प्रदान गरेको पनि जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कानपालामा यही माघ ५ देखी ६ सम्म हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

सञ्चारकर्मी एक फरक जिज्ञासामा सञ्चार मन्त्री शर्माले ललितपुरको बालकुमारी र सर्लाहीको बरहथवामा हालै भएको घटना दुःखद भएको भन्दै यस्ता घटना हुन नदिने तर्फ सबै सचेत रहनुपर्ने र भड्काउने काम कहीँकतैबाट गरिनु नहुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार