असोज २२, २०८३ बिहिबार October 8, 2026

आज कुन ठाउँमा कति थपिए ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

३२ जेठ, काठमाडौं । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जना जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् ।

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता गौतमले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
२०८३ असोज २२, बिहिबार
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
२०८३ असोज २२, बिहिबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३ असोज २२, बिहिबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि
२०८३ असोज २२, बिहिबार
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार