असार २४, २०८२ मंगलबार July 8, 2025

संसारको सबैभन्दा ठुलो बैंक डकैती, जो सद्दाम हुसेनको नाम भजाइएकाे थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ पुस । तपाईंले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईंको दिमागमा एउटै विचार आएको हुनुपर्छ कि यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ?

चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठूलो डकैती कहिले भएको थियो होला ? आज हामी तपाईलाई त्यही डकैतीसँग जोडिएको एउटा घटना  बताउन गइरहेका छौँ, जसले पुरै विश्वलाई हल्लाएको थियो ।

सन २००३ मार्च १८ को घटना हो र अर्को दिन अमेरिकाले इराकमा आक्रमण गर्न लागेको थियो। मिलिट्री डट कम वेबसाइटका अनुसार यस दिन विश्वको सबैभन्दा ठूलो चोरी भएको थियो, तर केही मानिसहरू यसलाई राष्ट्रपति सद्दाम हुसेनको अधिकार भएकाले चोरी मान्दैनन् ।

समाचार अनुसार त्यो दिन केही मानिस हातमा पर्ची लिएर बगदादमा रहेको इराकको सबैभन्दा ठूलो बैंक सेन्ट्रल बैंक अफ इराक पुगे ।

त्यहाँ उनीहरुले बैंक प्रबन्धकलाई एउटा पर्ची दिए, जसमा राष्ट्रपति हुसेनले भोली दिन हुन सक्ने अमेरिकी हमला हुनु अघि देशको पैसा सुरक्षित स्थानमा पठाउन चाहन्छन् भन्ने लेखिएको थियो । सद्दाम हुसैनको नाम सुन्ने बित्तिकै बैंकका कर्मचारीहरु डराए र तुरुन्तै त्यसै गरे ।

सबै पैसा तुरुन्तै बाहिर पार्क गरिएका ट्रकहरूमा लोड हुन थाले। यति धेरै पैसा थियो कि ट्रक नै अभाव थियो। त्यसपछि चोरहरूले बैंकमा केही पैसा छोडेर गए ।

अचम्मको कुरा के छ भने यो पूरै चोरी करिब ५ घण्टासम्म चलेको थियो तर हतियारको डर नराखी पूरै चोरी भएको थियो । पछि जब सद्दाम हुसेनले यस्तो कुनै आदेश जारी नगरेको थाहा भयो, सबै जना छक्क परे।

छानबिन गर्दा पर्ची ल्याउने व्यक्ति अरु कोही नभई सद्दामका छोरा कुसे हुसेन र उनका सहयोगीहरू रहेको पत्ता लाग्यो । पछि बैंकले तथ्यांक सार्वजनिक गर्‍यो, जसमा उक्त चोरीमा ८ हजार करोड रुपैयाँ हराएको खुलासा भएको थियो। केही समयपछि अमेरिकाले पनि कुसेलाई आक्रमणमा मार्यो । तर यो चोरीको ठूलो हिस्सा कहिल्यै फेला परेन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार