कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

मकरलाई अचानक आउने नराम्रो खबरले मन दु :खी हुनसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

वृष : दैनिकी सामान्य राम्रो छ। रमाइला कामले दिन सहजै बित्नेछ। दुर्घटनाको जोखिम रहेकाले सवारी साधनमा यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। आम्दानी हुनेछ। आफ्नो श्रमको मूल्य पाइने छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खुशी छाउने छ।

कर्कट : दिन सामान्य छ। हरेक काममा विरोध र बाधा आइपुग्छन्। तनावपूर्ण दिन भए पनि शिवलाई स्मरण गर्नाले दिन सहज हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

कन्या : दैनिकी सामान्य छ। आम्दानी भन्दा बढी खर्च हुनेछ। यात्रा जोखिमपूर्ण हुनसक्छ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। हरेक क्षेत्र राम्रो भए पनि सन्तानले आरोप लगाउने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ।

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा असहयोग हुने योग छ। परिवारको साथ र सहयोग हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र सबल छन्। शिक्षा क्षेत्रमा लगानी भएको भए राम्रो उन्नति हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। हरेक क्षेत्र सबल छन्। दिन रमाइलोसँग बित्नेछ। अचानक आउने नराम्रो खबरले मन दु :खी हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हनेछ।

कुम्भ : दिन राम्रो छ। तीर्थ यात्रा गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

मीन : आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
२०८३ कार्तिक २९, आइतबार