मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

चिकित्सकको आन्दोलनले विद्यार्थीको भविष्य अन्योल

पटक पटकको आन्दोलनले विद्यार्थीको पढाइमा अवरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय प्रतिष्ठानमा विगत ६ वर्षदेखि बढुवा प्रव्रिmया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेकाले विद्यार्थीको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीले समेत भिसी कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।

शिक्षक, चिकित्सकले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विद्यार्थीसमेत आन्दोलनमा उत्रिएका हुन्  ।

पटक पटकको आन्दोलनले विद्यार्थीको पढाइमा अवरोध आउनुका साथै तेस्रो सेमेस्टरमा पुगेका विद्यार्थीको पढाइ, प्रयोगात्मक कक्षा र सोभन्दा अगाडि गर्नुपर्ने ‘सिभियल’ नै सुरु नभएकाले तेस्रो सेमेस्टरको क्लिनिकल नै गर्न नपाएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजतले बताउनुभयो ।

बिपी प्रतिष्ठानमा भएको समस्या छिटै समाधान गरी पठनपाठन सुचारु गर्नुपर्ने माग राखी भिसी कार्यालयअगाडि ‘सिम्बोलिक’ आन्दोलन पढेर गरेको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. रजतले बताउनुभयो । यो आन्दोलनपछि पढाइ सुचारु नभए बिपी प्रतिष्ठानमा करिब एक हजार पाँच सय जना मिलेर कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

विद्यार्थी जेसिदार शाह प्रतिष्ठानमा जस्तो सेवासुविधा तथा पढाइ नेपालमा अन्य कहीँ नभएकाले यसलाई जोगाउनु यहाँका सम्बन्धित आधिकारीहरूको दायित्व रहेको बताउनुहुन्छ ।

यसैबिच प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै नगर प्रमुख हर्कराज राईले कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गर्नुभएको छ । प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्ने आँट नगर्न र आवश्यक परेका बेला आफैँ आएर खोल्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय प्रतिष्ठानमा शिक्षक, चिकित्सकको बढुवा प्रकृया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रव्रिmया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि केही दिनदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा आइतबारदेखि पुनः ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरिएको हो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार