काठमाडौंः एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष उजुरी दर्ता गराएका ४ अध्यक्ष (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले अख्तियार तथा सार्वजनिक लेखा समितीमा पुनः उजुरी दर्ता गरेका छन् ।
काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका पुरुषोत्तम थापा, भक्तपुरका गौतम सुजखु र धादिङका दीपक खतिवडाले संयुक्त रुपमा हस्ताक्षर गर्दै आइतबार विज्ञप्ति जारी गर्दै पुनः अख्तियार र लेखा समितिमा उजुरी दिएको बताएका छन् । विज्ञप्तिमा यसअघिको उजुरीमा गुपचुप तरिकाले सफाई दिएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा विगत एक वर्षदेखि एन्फामा भएका अवैधानिक तथा आर्थिक अनियमितताको विषयलाई आवाज उठाइरहेको र २०७५ पुस २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको र त्यसपछि अख्तियारको निर्देशन बमोजिम युवा तथा खेलकुद मन्त्रालयले सहसचिव अणप्रसाद न्यौपानेको संयौजकत्वमा छानविन समिति गठन गरेपनि सत्यतथ्य नबुझी उजुरीकर्तालाई समेत जानकारी नदिई गुपचुप रुपमा दोषीलाई संरक्षण गर्ने गरी अख्तियारलाई प्रतिवेदन बुझाएको थियो ।
एन्फामा भएको भष्ट्रचारलाई मन्त्रालयको छानविन कमिटिले पुर्वाग्रह र त्रुटिपुर्ण रुपमा प्रतिवेदन तयार पारि सत्यतथ्य नबुझी दोषीलाई जोगाउने कार्य भएको र एन्फामा झनै आर्थिक अनियमितता भएको दावी गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको उक्त समितिको प्रतिवेदन उपरसमेत आवश्यक छानविन गर्नुपर्ने देखिएकाले पुन अख्तियार र सार्वजनिक लेखा समितिमा आर्थिक अनियमितताको छानविन गरी कारवाहीको निमित्त पुनः उजुरी दर्ता गरेका छौं ।
उक्त छानविन समितिको प्रतिवेदनकै आधारमा अख्तियारले २०७६ साउन २८ गते खेलकुद मन्त्रालयमार्फत एनफालाई निर्णय कार्यान्वयन गराउन निर्देशन गरेको थियो । एन्फाले हालसम्म पनि उक्त निर्देशनको पालना गरेको छैन । एन्फामा भएको अनियमितता र अवैधानिक कार्यको विरोभ गर्दा अवैधानिक तरिकाले हामी माथि नै एन्फा कार्य समितिले एकपछि अर्काे षडयन्त्रमुलक प्रहार गर्दै आएको छ । भष्ट्रचार विरोधी आवाजलाई दवाउने प्रयास स्वरुप एन्फाले सुशासन र पारदर्शिताको आवाज उठाउने पदाधिकारीलाई छानीछानी कारवाहीको नाटक गर्दै आएको छ ।
खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद ले पनि यस्ता अवैधानिक र एकपक्षीय कार्यलाई समर्थन गर्दै प्रोत्साहन गर्दै आएको आरोप लगाएको छ । यस्तै विज्ञप्तिमा तराईमा जादा राष्ट्रियताको कमी छ, नेपाली सेनासँग मिलेर राष्ट्रियता सिकाउने भनेर विवादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई कारवाही नहुने तर, अवैधानिक तरिकाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्षलाई कारवाही हुदा पनि राखेपबाट कुनै किसिमको पहल नहुदा आश्चर्य लागेको बताएको छ । हाम्रो खेलकुद
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया