मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, ४ माघ । सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कवरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कवरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ। आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार