भाद्र ८, २०८३ सोमबार August 24, 2026

सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन (हिउँदे अधिवेशन) शुक्रबारदेखि सुरु भएको छ । अधिवेशन सुरु भए पनि सदनलाई निरन्तरता दिन ‘बिजनेस’ भने छैन ।

प्रदेश सभा सचिवालयले सरकारबाट अहिलेसम्म कुनै विधेयक नआएको जनाएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसदहरूले सदनलाई बिजनेस दिन र विकास निर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले ऐन निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाए । सुदूरपश्चिमका भूकम्पपीडितलाई राहत र पुनर्स्थापनामा ध्यान दिन नसकेको भन्दै उनले सरकारको आलोचना गर्नुको साथै कर्मचारी सरुवाका नाममा सरकारले आतंक मच्चाएको आरोप समेत लगाए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विधेयक निर्माणलाई गति दिन आग्रह गरेका छन् । उनले सदनलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताए । बजेट कार्यान्वयनमा देखिएका विसंगति र विकृति हटाउनेतर्फ उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । प्रदेशको स्थायी राजधानी गोदावरी सार्न नसकिएको र नयाँ विकल्पमा पनि जान नसकेकोले यसबारे पनि सदनले अब निकास दिनुपर्नेमा जोड दिए ।

विकासका कामहरू अगाडि बढ्न नसकेको र बजेट कार्यान्वयन हुन नसकेको भन्दै उनले मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । सरकारले काम गर्न नसक्दा प्रदेशप्रति वितृष्णा बढ्नुका साथै प्रदेशप्रति प्रश्न उठाउन खोज्नेलाई बल पुगेको उनले बताए । कांग्रेसका विक्रमसिंह धामीले व्यवस्थाप्रति असन्तुष्टि र आक्रोश बढेको बताए । कर्मचारीका कारण काम अगाडि बढ्न नसकेको उनले बताए ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले विगतमा हावाहुरीबाट केराखेतीमा क्षति हुँदा पीडित किसानलाई राहत दिन आग्रह गरेका छन् । राप्रपाका खिमादेवी विष्टले गत बर्खाका बाढीपीडितलाई राहत नदिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

स्वतन्त्र सांसद डाक्टर तारा जोशीले सरकारले फागुनमा गर्न लागेको लगानी सम्मेलनको तयारी के छ भनेर सरकारलाई प्रश्न गरेका छन् । लगानी सम्मेलनका लागि सरकारले कुनै पूर्वाधारका योजनाको तयारी नगरेको उनले बताए । तयारीविना गरिएको लगानी सम्मेलन रमाइलो मेला मात्र बन्ने उनको तर्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार