असार २१, २०८२ शनिबार July 5, 2025

मेसीलाई भेट्न जबर्जस्ती मैदानमा पुगेका फ्यानलाई कारवाही हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, काठमाडौँ । शनिबार राति बार्सिलोनाको खेलमा लियोनेल मेसीलाई जबर्जस्ती भेट्न खोज्दै मैदानमा प्रवेश गरेका फ्यानलाई कारवाही हुने भएको छ ।

कोरोनाको प्रोटोकल तोडेको आरोपमा ति फ्यानलाई कारवाही हुने भएको हो ।

मल्लोर्कामा बस्ने ति फ्यान फ्रेन्च नागरिक रहेको खुलासा भएको छ । उनलाई ुक्रिमिनल एक्टु अर्थात् अपराधिक गतिविधि अन्तर्गत कारवाही हुने बताइएको छ ।

ला लिगाले मैदान जबर्जस्ती प्रवेश गरेका ति फ्यानविरुद्ध एक्सन लिने जनाएको छ । खेलको ५४औ मिनेटमा ति फ्यान जबर्जस्ती मैदानमा प्रवेश गरेका थिए । कोरोना महामारीका कारण बिना दर्शक खेलिएको खेलमा पनि उनी मैदान सम्म पुगेका थिए ।

उनले आफ्नो इच्छा मेसीसँग फोटो खिचाउनु रहेको बताएका छन् । उनले आफु पर्खाल नाघेर मैदानसम्म पुगेको बताउदै आफ्नो सपना मेसीसँग फोटो खिचाउनु रहेको प्रष्ट गरेका छन् ।

उनले भने, ु मेरो सपना मेसीसँग फोटो खिचाउनु रहेको थियो र म उनीसँग गएको थिए । मैले केहि फोटो समेत खिचे तर प्रहरीले ति फोटो जबर्जस्ती हटाउन लगाए ।ु

बिना दर्शक खेलिएका खेलमा दर्शक आएर मैदानमा प्रवेश गर्नुलाई ला लिगाको सुरक्षामा प्रश्न उठाइएको छ ।

ला लिगाले खेलाडीको स्वास्थ्य सुराक्षामा समेत यस्तो घटनाले प्रश्न उठेको भन्दै यसको विरुद्ध कानुनी कारवाही गर्ने प्रतिबद्धता गरेको छ ।

सो खेल बार्सिलोनाले ४-० ले जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार