भाद्र ८, २०८३ सोमबार August 24, 2026

चीनलाई अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको सभामुखको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ माघ । सभामुख देवराज घिमिरेले चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले चीन संसारको आर्थिक शक्तिकोरुपमा स्थापित भएको बताएका हुन् ।

‘चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न पनि सकिँदैन,’ उनले भने, ‘चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मुलुककोरुपमा विश्वभर परिचित छ ।’ सभामुख घिमिरेले हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदैआएको बताए ।

‘ऐतिहासिक सम्बन्ध रहेका नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिल हुँदै आएको छ,’ उनले भने, ‘नेपाल–चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिम र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको यसले पनि पुष्टि गरेको छ ।’

सन् २०१९ मा २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भम्रण र सोही वर्ष नेपालका तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको सभामुखको भनाइ छ । दुई मुलुकबीच अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारीले दुबै देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको सभामुखले बताए ।

नेपाल लामो राजनीतिक उतारचढावपछि लोकतान्त्रिक विधिमार्फत राजनीतिक स्थायित्वको अवस्थामा पुगेको सभामुख घिमिरेले बताए  । ‘हाम्रा संघ र प्रादेशिक तहका सरकारहरू विकास र समृद्धिको यात्रातर्फ अगाडि बढेका छन् भने अधिकारसम्पन्न स्थानीय तहहरुले नागरिकलाई घरघरमै सेवा पु¥याइरहेका छन्,’ उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत गर्दै चिनियाँ राजदूत छन् सोङले चीन आफ्नो मुलुकमात्रै होइन विश्वकै समृद्धिको पक्षमा रहेको बताए । उनले असल छिमेकी मित्रकोरुपमा नेपालप्रति आफ्नो मुलुकको सदैव सहयोग र साथ रहने उल्लेख गरे ।

चिनियाँ नयाँ वर्षको अवसरमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, चिनियाँ राजदूतावास तथा आन् ह्वी प्रान्तीय संस्कृति तथा पर्यटन विभागले विशेष कार्यक्रम आयोजना गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार