असार २७, २०८२ शुक्रबार July 11, 2025

सिमकोटका क्वारेन्टिन : ”भरियो शौचालय, खानेपानी घरबाटै ल्याउनुपर्छ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ ।

वडा नं १ र २ दुई रहेको जिल्लाकै ठूलो जनसंख्या रहेको ठेहेको क्वारेन्टाइनमा आफूहरुलाई न्यूनतम मापदण्डानुसार स्थानीय सरकारले सेवासुविधा दिन नसकेको क्वारेन्टाइन बस्ने नागरिकले गुनासो गरेका छन् ।

भारत र देशका काठमाडौँ, सुर्खेत, बाँके लगायत क्षेत्रबाट आएका नागरिकलाई एउटै भवनमा राखिएको छ । उनीहरुले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।

क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा महिला र पुरुषले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको वडा नं १ की रुपा भण्डारीले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा शौचालय भए पनि फोहोर भरिएको, खानेपानीको व्यवस्था नभएको तथा पानी घरबाट ल्याएर खानुपर्ने अवस्था छ ।

गाउँमा एकैपटक छ सय नागरिक भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको वडाध्यक्ष नरबहादुर भण्डारीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया