असार २१, २०८२ शनिबार July 5, 2025

राष्ट्रिय सभा निर्वाचन : ९९.३२ प्रतिशत मत खस्यो

सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको र ९९.३२ प्रतिशत मत खसेको हो।

कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गरेको जानकारी दिए। १९ सिटका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

जसमध्ये सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार