माघ २८, २०८१ सोमबार February 10, 2025

पाल्पामा नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

बच्चामा नशा सुक्दै जाने, मासु नबढ्ने, उठ्न बस्न नमिल्ने, पटक पटक निमोनिया हुने, खाना नपच्ने लगायतका समस्या देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पाका नौ महिने बालक सृजम बिष्टमा विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्क्युलर एट्रोपी’ रोग देखिएको छ । जिल्लाको तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका नौ महिने छोरा उक्त रोगबाट ग्रस्त भएपछि परिवारले सबैसँग आर्थिक सहयोगको लागि अपील गरेका छन् ।

बालक सृजम चार महिनाको हुँदासम्म कुनै समस्या नरहेको र त्यसपछि बिस्तारै समस्या देखिन थालेपछि परीक्षणको क्रममा धेरै अस्पतालहरुमा लगिएको र दिल्लीस्थित बिएलके म्याक्स अस्पतालमा परीक्षणको क्रममा उक्त रोग लागेको पत्ता लागेको परिवारिक स्रोतले जनाएको छ ।

यो रोग लागेपछि बच्चामा नशा सुक्दै जाने, मासु नबढ्ने, उठ्न बस्न नमिल्ने, पटक पटक निमोनिया हुने, खाना नपच्ने लगायतका समस्या देखिएको आमा सृजनाले बताउनुभयो ।

उनको रोग पहिचानकै लागि बिभिन्न अस्पतालमा लैजाने क्रममा सात लाख रकम खर्च भईसकेको छ ।

यो रोगको उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि अमेरिका लैजानुपर्ने र खोपकै लागि नेपाली २८ करोड रुपैयाँ खर्च हुने भएकोले आफूहरुले उक्त सबै रकम जोहो गर्न नसक्ने अवस्था रहेकोले बुवा महेन्द्र विष्टले सहयोग जुटाइदिन आग्रह गर्नुभएको छ । एनटीभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया