असार २४, २०८२ मंगलबार July 8, 2025

सुनौलीबाट उद्धार गरिएका युवकको भिरबाट हामफाल्दा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पर्वतमा भीरबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।

भारतबाट फर्केकाहरुलाई क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् ।

भारतदेखि फर्केर सुनौली नाका हुँदै रिजर्भमा आएको गाडी पर्वतको चुवा भन्ने ठाउँमा रोकिएको थियो । नेपाली गाडीबाट झरेर भिरमा गएर हाम फालेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन ।

‘पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु मिलेर गाडी रिजर्भ गरेर आएका थिए । उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा लैजाँदे थियौं,’ उनले भने, ‘चुवामा गाडी रोकिएका बेला झरेर भिरमा गई नेपालीले एक्कासी हाम फालेछन् ।’

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका गरी १७ जना थिए । पर्वतको डिमुवामा केहीलाई झारेपछि बस बागलुङ र म्याग्दीका यात्रु लिएर जाँदै थियो । अप्ठेरो सडकका कारणले बस केही रोकिएको मौका छोपेर नेपालीले हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया