श्रावण १२, २०८१ शनिबार July 27, 2024

दश शय्याको नगर अस्पताल भवन निर्माण धमाधम हुँदै

तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकर) बाहेकमा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।

अस्पताल निर्माणका लागि एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ । पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताउनुभयो ।

इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ । “निर्माण व्यवसायीलाई कार्यप्रगतिका आधारमा हालसम्म रु दुई करोड ५० लाख रकम भुक्तानी गरेका छौँ”, इन्जिनियर धामीले भन्नुभयो, “असार मसान्तसम्म निर्माण पूरा गर्नेगरी म्याद थप गरिएको छ ।”

निर्धारित समयभित्रै अस्पताल भवन निर्माणकार्य पूरा गराउनका लागि कार्य भइरहेको उहाँको भनाइ छ । अस्पताल भवन मन्त्रालयको मापदण्डअनुरुप निर्माण भइरहेको उहाँको दाबी छ । भवनमा मुख्य द्वार, गार्डपोष्ट, शवगृह, दश शय्याको प्राथमिक अस्पताल वार्ड, बिरामी जाँच्ने कोठा, कार्यालय कक्ष, सभाकक्ष, शौचालय, स्नानघर, बिरामी उपचार कक्ष, शल्यक्रिया कक्षलगायत निर्माण हुने उहाँले राससलाई जानकारी दिनुभयो ।

यसैगरी भवनसँगै ‘वाउड्री वाल, एम्बुलेन्स पार्किङ’स्थल, स्वास्थ्यकर्मी आवास, भूमिकगत पानीटयाङ्की, फोहर पानी प्रशोधन गर्ने ठाउँ, पार्क, पहुँचमार्गलगायत निर्माण गरिनेछन् । भवन पूर्णरूपमा भूकम्पप्रतिरोधी हुने इन्जिनियर धामीले बताउनुभयो ।

अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवासमेत उपलव्ध हुने भएकाले नगर क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउने उहाँले उल्लेख गर्नुभयो ।

“पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “अस्पताल निर्माण पूरा भएपछि चिकित्सकसँगै दक्ष स्वास्थ्यकर्मीको सङ्ख्यामा वृद्धि गरी स्वास्थ्य सेवामा नगरवासीको पहुँच अभिवृद्धि हुनेछ ।”  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार