माघ १२, २०८१ शनिबार January 25, 2025

आयुर्वेद उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दो

केन्द्रबाट उपचार पाउनेहरूको संख्या पुरुषको तुलनामा महिला बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १४ माघ । आयुर्वेद स्वास्थ्य उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दै गएको पाइएको छ। त्यसमा पनि पुरुषको तुलनामा महिलाको विश्वास बढी देखिएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांक अनुसार केन्द्रबाट उपचार पाउनेहरूको संख्या पुरुषको तुलनामा महिला बढी रहेका छन्। केन्द्रबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन्। त्यसमध्ये महिला २४ हजार चार सय ४३ र पुरुष १६ हजार ६ सय ४० रहेका छन्। यो संख्या पुरुषको तुलनामा महिला झण्डै ८ हजारले बढी हो।

केन्द्रले गरेको पहिलो ६ महिनाको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। सम्मेलनमा केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्यप्रति भक्तपुरवासीको विश्वास वढ्दो रहेको बताए। यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरूको संख्या वार्षिक रूपमा बढिरहेको उनको भनाइ छ।

केन्द्रमा आयुर्वेद पद्धतिका विविध सेवा रहेका छन्। त्यहाँं अकुपञ्चर, पूर्वकर्म सेवा, योग, नसर्ने रोगको स्क्रिनिग, स्वास्थ्य जीवन प्रवर्द्धनलगायतका सेवा रहेका छन्।

केन्द्रमा निःशुल्क उपचार हुने गरेको छ। स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क उपलब्ध हुँदै आएको उनले बताए।

कार्यक्रमकी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास बढेको सुन्दा खुसी लागेको बताइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया