मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

इथोपियामा एक महिनामा थपिए ३ लाख २८ हजार बढी मलेरिया संक्रमित

इथियोपियाले कम्तिमा सात वर्षमा सबैभन्दा धेरै मलेरियाका केसहरू रेकर्ड गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एदिस अब्बा, २० माघ । इथियोपियामा मलेरियाका रोगीहरू अत्याधिक मात्रामा  बढेका छन् । यस वर्षको सुरुदेखि ३ लाख २८ हजार ८८१ मलेरियाका नयाँ बिरामीहरू फेला परेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गत जनवरी १ देखी २८ काबीचमा पूर्वी अफ्रिकी देशमा ८४ जनाको मृत्यु हुन पुगेको छ ।

Malaria risk map of districts by annual parasite incidence, Ethiopia... |  Download Scientific Diagram

जुन अघिल्लो महिनाको तुलनामा १७ प्रतिशतले बढे भएको डब्ल्यूएचओ इथियोपिया हेल्थ क्लस्टरले जनाएको छ । यद्धपी, स्वास्थ्य साझेदार संस्थाहरूले देशभर तिब्र रूपमा फैलिएको औलो रोकथाम, उपचार र सचेतना अभियानहरूलाई समर्थन गर्न स्रोतहरू परिचालन गरिरहेका छन् ।

गत नोभेम्बरमा डब्ल्यूएचओले अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश इथियोपियाले कम्तिमा सात वर्षमा सबैभन्दा धेरै मलेरियाका केसहरू रेकर्ड गरेको बताएको थियो।

इथियोपियामा मलेरियाको प्रकोप २ हजार मिटरभन्दा मुनिको क्षेत्रहरूमा बढी फैलिएको छ, जसले देशको जमिनको तीन चौथाई भाग ओगटेको छ, जसको अनुमानित जनसंख्या ५२ मिलियन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार