श्रावण ९, २०८३ शनिबार July 25, 2026

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार सुरु

सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।

राष्ट्रिय सोनाम ल्होसार २८६० डुक (मुपुख्री) ल्होसार मूल समारोह समितिले सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय गरेको छ । सोही अनुसार बिहीबार समुदायका गुरु, मान्यजन लामा, बोम्बो, ताम्बाले विधिपूर्वक पूजा–प्रार्थनापछि सुरु भएको हो ।

ल्होसार मूल समारोह समिति संयोजक कुमार सिं घिसिङले यस सांस्कृतिक पर्वलाई व्यवस्थित रूपमा मनाउन आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, स्वास्थ्य सेवा, सांस्कृतिक र्‍याली व्यवस्थापन, खेलकुद तथा युवा परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

सोनाम ल्होसार पर्वका अवसरमा आयोजित तीनदिने कार्यक्रम अन्तर्गत तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) भाकाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार