श्रावण १२, २०८१ शनिबार July 27, 2024

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन् । आज नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।”

नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो । उनले भने, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिँदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।”

मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँमा सुधार आइरहेको समेत जिकिर गरे ।

अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ । यसैगरी मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नागरिकका अधिकार भएकाले स्वास्थ्य सँगसँगै शिक्षालाई पनि निःशुल्क गर्नुपर्ने धारणा राखे ।

उनले भने, “बाच्न र पढ्न पाउने नागरिकका नैसङ्र्गिक अधिकार हुन्, कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्नुपर्छ भन्ने मेरो धारणा हो, यसका लागि म लागिरहेकै पनि छु ।” उनले शिक्षकले पनि आफ्ना माग पूरा गर्ने नाममा राजनैतिक दलका भातृसङ्गठन जस्तो आन्दोलन गर्न नहुने तथा सभ्य तरिकाले आफ्ना माग राख्नुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार