असार २४, २०८२ मंगलबार July 8, 2025

क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताएका छन ।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया