असार ३०, २०८२ सोमबार July 14, 2025

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हलहरुको छाता संगठन चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरु प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट वुझाइएको माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ ।

माग पुरा नभए अषाढ ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि संघले दिएको छ ।

संघका महासचिव अशोक शर्माले जारी गरेको विज्ञप्तीमा सरकारले आर्थिक बर्षको बजेटमा चलचित्र क्षेत्रको बिषयमा सम्बोधन नगरेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

लक डाउनका कारण सर्वाधिक धेरै प्रभावित भएको क्षेत्रमा चलचित्र क्षेत्र पनि रहेको तर सरकारले यो क्षेत्रको बिषयमा नसोचेको भन्दै हल संचालकहरु आक्रोशित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार