भाद्र ३१, २०८३ बुधबार September 16, 2026

बढैयातालका २६ जनासहित बर्दियामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । बाँकेको सिमानामा रहेको बर्दियाको गाउँपालिकामा बुधबार एकैपटक २६ जना संक्रमित थपिएका छन ।

भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाको ३१ जनामा कोरोना देखिँदा बढैयातालका २६ जना छन् । बुधबार थपिएको सबै गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाका हुन् । वडा नम्बर १ मा १५ र वडा नम्बर २ मा एघारजना थपिएका छन् ।

बर्दिया बाँसगढी नगरपालिकामा चार र राजापुरमा एकजना थपिएका छन् । बाँसगढीको वडा नम्बर ३ का दुईजना र वडा नम्बर ७ र ९ का एक–एकजना रहेका छन् । राजापुरको वडा नम्बर ५ मा एकजना संक्रमित थपिएका छन् ।

यसैबिच भेरी अस्पतालले बाँके बैजनाथकी ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ । कोहलपुर मेडिकल कलेजमा उपचार हुँदा उनको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया