भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प : मन्त्री चौधरी

खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, ३० भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

उहाँले  हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्‍याइरहेको छ, भन्नुभयो ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो । उहाँले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया