असार २१, २०८२ शनिबार July 5, 2025

१७ वर्षे फाती र मेस्सीले गरे गोल, बार्सिलोना विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेशलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि आन्सु फाती र लियोनल मेस्सीले गोल गरे।

१७ वर्षका फातीले ४२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले यो सिजन ला लिगामा पाँचौँ गोल गरेका हुन् । गिनी–बिसाउका किशोर फातीले उत्कृष्ट फिनिसिङ्ग मार्फत गोल गरेका हुन् ।

६९ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । त्यसमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।

मंगलबार राति नै भएका खेलमा भिल्लारियलले मालोर्कालाई १–० ले हरायो भने गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार