जेठ ६, २०८१ आइतबार May 19, 2024

आईओएमको डिनमा प्रा. डा. दिव्यासिंह शाह नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा. डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्या सि‌ंह शाह त्रिवि कार्यकारी परिषद्को बुधबार अपरान्ह बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा डा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीको बैठकले प्राडा. प्रदीप वैद्य, प्रा डा दिब्य सिंह शाह र प्रा डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले बताए । प्रा डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत हुन् ।

जेठ २२ मा प्रा डा. जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार