असार २८, २०८२ शनिबार July 12, 2025

जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह

जनताको सर्वाेच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राससको ६३ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उहाँले राससले पछिल्ला केही वर्षदेखि मल्टिमिडियालाई आत्मसात् गर्दै प्रविधिमैत्री समाचार एजेन्सीका रुपमा विकास गरेकोे कारण विद्युतीय सञ्चार संस्था र अनलाइन समाचार माध्यमका लागि रासस पहिलो रोजाइको एजेन्सी बन्न सफल भएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा आफ्ना उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै अग्रणी समाचार एजेन्सीका रुपमा उभ्याउन उहाँले शुभकामना दिनुभएको छ ।

सभामुख घिमिरेले जनताको सर्वाेच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर गर्न गर्दै संसदीय अभ्यास सुरु भएपछि नै राससले संसदीय रिपोर्टिङमा समेत अब्बल सावित गरेको स्मरण गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार