भाद्र ८, २०८३ सोमबार August 24, 2026

पहरेदारीका काम अझ सशक्तरुपमा गर्न अध्यक्ष तिमिल्सनाको आग्रह

तथ्य र निष्पक्ष समाचार तथा सूचना सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकामा उच्च सम्मान तथा प्रशंसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गराउन राससले खबरदारी तथा पहरेदारीका काम अझ सशक्तरुपमा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका शुभकामना सन्देश दिँदै उहाँले राससले सत्य, तथ्य र निष्पक्ष समाचार तथा सूचना सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकामा उच्च सम्मान तथा प्रशंसा पनि व्यक्त गर्नुभएको छ ।

संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालनको अवस्था, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै सुशासन र समृद्धिमार्फत लोकतन्त्रको सदृढीकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले स्वदेश तथा विदेशमा समेत निष्पक्ष तथा आधिकारिक समाचार एवं जानकारी सम्प्रेण गरी पारदर्शीताको प्रवद्र्धन, उत्तरदायी सरकारको परिकल्पनालाई साकार बनाउँदै सुशासन स्थापना गर्ने उद्देश्य प्राप्तिमा रासस क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार