काठमाण्डाैंः ठूलो परिमाणमा विष्फोटक पदार्थसहित समातिएका विप्लवका नेता सानुराज बज्राचार्यलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, ललितपुरले बुधबार अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरिलाइ अनुमति दिएको हो ।
विष्फोटक पदार्थ र हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद प्राप्त भएको ललितपुर महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
प्रहरी अनुसन्धानका क्रममा काठमाडौंको तारकेश्वर स्थित मनमैजुमा रहेको उनको कोठामा छापा हानेर प्रहरीले ठुलो मात्रामा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न २६० वटा सामग्री समेत बरामद गरेको थियो ।
बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट छन् ।
उपत्यकामा लुकाइएको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद भएपछि ललितपुर सेक्रेटरीको नामबाट विप्लव समूहले विज्ञप्ति जारी गरी ललितपुर महानगरिय प्रहरी परिसर प्रमुखलाइ चेतावनी दिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया