भाद्र ८, २०८३ सोमबार August 24, 2026

अत्यावश्यक विधेयक पारित गर्ने सभामुखको प्रतिबद्धता

अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो ।

अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उहाँले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताउनुभयो । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उहाँले दोहो¥याउनुभयो ।

सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार