श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुशान्त सुसाइड : सलमान खान-करण जौहर र एकता कपुर लगायत ८ जनाविरुद्ध मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । सुशान्तसिंह राजपूतको सुसाइड मामिला नयाँ मोडमा पुगेको छ । आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा कानुन व्यवसायी सुधीर कुमार ओझाले बलिउडका चार स्टारसहित ८ जनाविरुद्ध मुद्दा हालेका छन् ।

करण जौहर, संजय लीला भन्साली, सलमान खान, एकता कपूरसमेत अन्य चारजनाविरुद्ध बिहारको मुजफ्फरपुर अदालतमा मुद्दा परेको छ । भारतीय न्युज एजेन्सी एएनआइले आइपिसीको धारा ३०६, १०९, ५०४ र ५०६ अनुसार मुद्दा परेको जनाएको छ ।

कानुन व्यवसायी सुधीर कुमार ओझाले भनेका छन्, सुशान्तसिंह राजपूतलाई पछिल्ला ७ फिल्मबाट हटाइएको थियो । उनले अभिनय गरेका केही फिल्म रिलिज भएका थिएनन् । सुशान्तलाई आत्महत्याका लागि अन्तिम कदमको रुपमा बाध्यपार्ने काम भएकाले मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिउडमा घरानीयाका छोरा छोरी जस्ता भएपनि हिरो हिरोइन हुने तर आम मानिसले बलिउडमा राम्रो काम गर्न थालेमा सबैले बहिष्कार गर्ने परम्परा नै छ । करण जौहर सुशान्तको आत्महत्यापछि सबैभन्दा धेरै आलोचित भएका छन् ।

नायिका कंगना रनावतले सुशान्तको आत्महत्यालाई प्लाण्डमर्डर भनेर टिप्पणी गरेकी छन् । भारतमा घरानीया अभिनेताहरुको चर्को आलोचना भएको छ ।

आफ्नो परिवारको अयोग्य भएपनि योग्य ठान्ने बलिउडका नाम चलेका अभिनेता, निर्माता, अभिनेतृविरुद्ध आलोचना सुरु भएको छ । शेखर कपुरले पनि बलिउडको परम्पराले उनलाई आत्महत्याका लागि बाध्य पारेको बताएका छन् । त्यस्तै विवेक ओबरोयले पनि सुशान्तको पीडा ठूलो भएको भन्दै बलिउडका घरानियाविरुद्ध प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार