असार २३, २०८२ सोमबार July 7, 2025

कुवेत, ओमान र मलेसियाबाट ३०० नेपाली स्वदेश फर्कंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सरकारले आज पनि उद्धार गर्ने भएको छ ।

श्रम मन्त्रालयका अनुसार आज कुवेत, ओमान र मलेसियाबाट तीन सयभन्दा बढी नेपालीहरुलाई आज स्वदेश फर्काउन लागिएको हो ।

कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आज स्वदेश फर्कन लागेका हुन ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाडौं आउनेछ ।

ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १ सय ८० जना नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपालीहरु पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक अन्य ३३ मुलुकका २४ हजार १ सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याइने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया