असार २८, २०८२ शनिबार July 12, 2025

महासचिव पाण्डेयको नागरिकता र राहदानीकाे विषय संसदमा प्रवेश

प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्रीप्रति आरोपयुक्त अभिव्यक्तिपछि माओवादी सांसदले उठाए प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ फागुन । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी  विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए ।

प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको सल्लाहअनुसार सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका थिए ।

एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन् ।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न ।

संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने । महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार