असार ३०, २०८२ सोमबार July 14, 2025

आरडीटी गरेर घर गएका ४६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड १९ का फोकल पर्सन हरि भट्ट भन्छन्, ‘बिहीबार बिहान १० बजेसम्म जिल्लामा ८३ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक हामीले पाएका छौं । थप एक जनाबारे अहिलेसम्म हामी कहाँ जानकारी आइपुगेको छैन ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।

तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।

गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरुमा कुनै पनि लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो गाइडलाइन अनुसार घर पठाइएको गाउँपालिकाका अध्यक्ष नलबहादुर मल्लले जानकारी दिएका छन । अध्यक्ष मल्लले भने, ‘उनीहरुलाई क्वारेन्टिनबाट घर पठाएको तीन दिन भयो । केही व्यक्ति त आज मात्रै पनि घर गएका थिए । उनीहरुलाई बाटोबाटै फर्किन भनेको छौं ।’

उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलो पटक ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो । अध्यक्ष मल्लले भने, ‘क्वारेन्टिनमा हेलमेल गरेर बसेका कारण उनीहरुसहित ९४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको थियो । जसमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको छ ।’

तर उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार