श्रावण १२, २०८१ शनिबार July 27, 2024

रौतहटमा मापदण्डविपरीत दर्जनाैँ अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट,१८ फागुन । रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतालमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका  छन् ।

गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।

नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौँ अस्पताल संचालनमा रहेका छन् । त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि बर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।

यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नविकरण भएको देखिँदैनन् ।

आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएकाे छ ।

बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौँ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएकाे छ । गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षघात भएका बिरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत होस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित् निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार