असार ३०, २०८२ सोमबार July 14, 2025

भारतको नेपालमाथि अघोषित नाकाबन्दी, बंगलादेश हिडेका २५ ट्रक पूर्वी सीमामा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा थन्किएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको समयमा नेपाली वस्तु निर्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।

नेपाल-बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।

उनका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै उहाँले सबै गाडी मेची पुलमा अलपत्र परेको जानकारी दिनुभयो ।

नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।

भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार