माघ २८, २०८१ सोमबार February 10, 2025

तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब

समस्याग्रस्त घोषणा गरिएका १८ बाहेक पनि बचतकर्ताको रकम ठगी गरेर भाग्ने सहकारीको संख्या २९३

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुर सूर्यविनायक नगरपालिका– ३ का ७० वर्षीय यमबहादुर विष्टले झापा शिवसताक्षी गाउँपालिका– ९ स्थित तीन बिघा जग्गा बेचेको ११ करोड २७ लाख रुपैयाँ ललितपुर कुमारीपाटीस्थित गुडविल सहकारीमा जम्मा गरेका थिए । तर, जायजेथा बेचेर उनले जम्मा गरेको रकमको एक रुपैयाँ पनि चलाउन नपाई सहकारीले डुबाइदियो ।

डुबेको रकम फिर्ता गर्न विष्टले सबै प्रयत्न गरे । तर, सफल हुन सकेनन् । रकम डुबेकै कारण परिवारमा ठूलो मनमुटाव छ । श्रीमती साथमा छैनन् । घरमा एक्लै बस्दा टाउको फुट्लाझैँ भएर आउँछ । मन बहलाउन उनी कहिले सहकारीपीडितको आन्दोलनमा हिँड्छन् ।

‘गुडविल सहकारीले मेरो झन्डै १२ करोड रुपैयाँ खाइदियो । रकम उठाउन अनेक प्रयत्न गरेँ, तर सकिनँ,’ नयाँ बानेश्वरस्थित सहकारी बोर्डको कार्यालयपरिसरस्थित बगैँचामा टहलाइरहेका उनले पीडा सुनाए, ‘घरमा श्रीमतीले छाडेर गइन् । छोराछोरी टाढिए । दाजुभाइबीच आउजाउ टुट्यो । घरमा बस्दा पीडाले टाउको फुट्लाझैँ हुन्छ । मन बहलाउन यहाँ आउँछु ।’

गुडविलले विष्टसहित पाँच सयभन्दा धेरै सर्वसाधारणको एक अर्बभन्दा धेरै रकम ठगी गरेको छ । उनीहरूमध्ये केही आन्दोलनरत छन् । केहीको मृत्यु भइसकेको छ । गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले पुर्पक्षका लागि जेलमा छन् ।

कास्की पोखरा महानगरपालिकाका– १९ का ७२ वर्षीय खगेन्द्र काफ्लेले ०६३ मा ओरेन्टल को–अपरेटिभमा १५ लाख रुपैयाँ राखे । छोरी शीतलले पनि सोही सहकारीमा अर्काे १५ लाख रुपैयाँ थपिन् । श्रीमती सावित्री काफ्लेसँग १० लाख रुपैयाँ थियो । त्यो रकम पनि उनले सोही को–अपरेटिभमा नै राखे । प्रत्येक महिना १८ प्रतिशत ब्याज दिने भनेको थियो । यसबीचमा काफ्लेकी श्रीमती सावित्रीको मृत्यु भइसकेको छ । तर, उनीहरूले हालसम्म ब्याज त के साँवासमेत फिर्ता पाउन सकेका छैनन् ।

पीडित काफ्ले विद्युत् प्राधिकरणमा जागिरे थिए । अवकाशपछिको जीवन सजिलो होला भनेर राखेको पैसा त डुब्यो नै तनावको जीवन पनि झेलिरहेका छन् । ‘सेवानिवृत्त हुँदा केही रकम मसँग थियो । लगेर ओरेन्टलमा राखेँ । छोरी र श्रीमतीको रकम पनि लगेर राखेँ । आज १७ वर्ष भयो,’ उनले भने, ‘मैले ओरेन्टलबाट ब्याज त साँवासमेत पाउन सकेको छैन । यसबीचमा धेरै संघर्ष गरेँ । अड्डा–अदालत धाएँ, तर केही सीप चलेन ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ओरेन्टलले काफ्लेसहित चार हजार दुई सय ५९ पीडितको तीन अर्ब १९ करोड ५० लाख २२ हजार आठ सय २२ रुपैयाँ ठगी गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित सहकारी जाँचबुझ अयोगको तथ्यांकअनुसार भने ओरेन्टलले ६ हजार आठ सय ९४ पीडितको ६ अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको थियो । यसबीचमा ओरेन्टलका अध्यक्ष सुधीर बस्नेत जेल बसे । पीडितको रकम फिर्ता गर्ने भन्दै जेलबाट उनी जेलबाट छुटे । तर, पीडितको रकम हालसम्म पनि फिर्ता गर्न सकेका छैनन् । आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार