असार २३, २०८२ सोमबार July 7, 2025

भारतबाट आएर होम क्वारेन्टिन बसेका एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका थिए । भारतबाट आएपछि छोरीज्वाइँले हेरचाह गर्ने गरी उनी होमक्वारेन्टिनमा बसेका थिए ।

बिहीबार उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताएका छन ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन ।

गुल्मीमा पीसीआर परीक्षणको लागि ९ सय ७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस संक्रमितको संख्या १ सय ५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया