श्रावण ३१, २०८३ आइतबार August 16, 2026

लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

लालबन्दी नगर अस्पतालमा  सोमबार पहिलो शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही, २२ फागुन । लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।

पहिलोपटक लालबन्दी  नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको  शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।

चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ  ।

डा. रामबिश्वास राय दनुवार  एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको  शल्यक्रियाबाट आफ्नी छोरीलाई  जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।

लालबन्दी नगर अस्पतालमा  सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार