असार ३०, २०८२ सोमबार July 14, 2025

घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन ।

घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको कुँवरले बताएका छन ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घर भत्किँदा रु १ लाख बराबरको क्षति भएको कुँवरले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार