भाद्र ३१, २०८३ बुधबार September 16, 2026

घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन ।

घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको कुँवरले बताएका छन ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घर भत्किँदा रु १ लाख बराबरको क्षति भएको कुँवरले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया