असार २७, २०८२ शुक्रबार July 11, 2025

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२७४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताएका छन। उनले पछिल्लो २४ घण्टामा कुनै पनि मृत्यु नभएको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया