असार ३०, २०८२ सोमबार July 14, 2025

प्रधानमन्त्रीले गरे तिन विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त

सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त उपकुलपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा डा. शैलेशमणि पोखरेल, मध्यपश्चिममा प्राडा केशरसिंह राना र सुदूरपश्चिममा सहप्राध्यापक कर्णबहादुर थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ।

उपकुलपतिको जिम्मेवारी पाउने पोखरेल र थापा सम्बन्धित विश्वविद्यालयका चिकित्सा संकाय र कानुन संकायका डिन हुन् । साथै मध्यपश्चिमका प्राध्यापक राना सेवा आयोगका पूर्व सदस्य तथा पूर्व डिन हुन् । विश्वविद्यालय ऐनअनुसार उपकुलपति रिक्त रहेमा बढीमा ३ महिनासम्म निमित्तको जिम्मेवारी दिन सक्ने व्यवस्था छ ।

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्ने भनेर विज्ञापन गरिए पनि मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि गरिएको विज्ञापन नै स्थगित गरिएको छ। भने, पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिका लागि १८ जनाले आवेदन दिएको छनोट समितिले गत फागुन ९ गते नै सार्वजनिक गरेको भएपनि समितिले अहिलेसम्म सर्टलिष्ट सार्वजनिक गरेको छैन । आवेदकले सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाएको छनोट समितिले जानकारी दियो ।

यसअघि तीन ओटै विश्वविद्यालयका उपकुलपतिहरूको पदावधि गत फागुन १९ गते सकिएपछि सबै विश्वविद्यालय उपकुलपति विहीन थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया