असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : उम्मेदवारी दर्ता लगत्तै नामावली आजै प्रकाशित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद सचिवालयले भोलि मंगलबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन्।

माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार